अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानले शारदा नगरपालिका -३ का तत्कालीन वडाध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध आयोगले मृत्यु भइसकेको व्यक्तिको नाममा वृद्धभत्ता लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
थापाविरुद्ध आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ मा गरी उनले अस्तित्वमा नै नभएको मान्छेको वृद्धभत्तावापत ५१ हजार रुपैयाँ लिएको आरोप छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
