टाइम फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्ने


काठमाडौं । टाइम फर्मास्युटिकल्स कम्पनीले लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङ् विधि मार्फत आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले जारी पुँजीको ७९.३४ प्रतिशत संस्थापक समुहको लागि र २०.६५ प्रतिशत सर्वसाधारण शेयरधनीहरुको लागि निष्काशन गरिने जनाएको छ । आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीले २०८२ बैशाख ११ गते कम्पनी उद्योग परिसर गैडाकोट १० मा साधारण सभा बोलाएको छ । सभा दिउँसो १२ बजे बोलाइएको हो ।

साधारण सभाले आईपीओ निष्काशन गर्न सञ्चालक समितिलाई अनुमति दिने प्रस्ताव पारित गर्ने छ । यस्तै सभाले प्रबन्ध पत्रमा संसोधन गरी जारी पुँजी बढाएर ४६ करोड पुर्याउने प्रस्ताव पनि पारित गर्ने छ । सभाले ७ जनाको सञ्चालक समिति बनाइने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २५ चैत २०८१, सोमबार  १३ : ०२ बजे