सुनको मूल्य निरन्तर बढ्दो, एक तोलाको एक लाख ८६ हजार पर्ने


काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक तोला सुनको मूल्य एक लाख ८६ हजार रुपैयाँ कायम भएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक हजार रुपैयाँ बढेको हो । आज प्रतितोला चाँदीमा  ५५ रुपैयाँ वृद्धि भएको छ । आज एक तोला चाँदी एक हजार ९६० रुपैयाँमा खरिदबिक्री हुनेछ ।

प्रकाशित मिति: ३१ चैत २०८१, आइतबार  ११ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।