डलरको भाउ बिहीबार ११ पैसाले घट्यो

0
Shares

पछिल्लो समय निरन्तर बढेर उच्च मूल्यमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको डलरको भाउ बिहीबार भने केही घटेको छ। बुधबारको तुलनााम डलरको भाउमा खरीद तथा बिक्रीदरमा ११ पैसाले घटेको हो

नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १२ पैसा तथा बिक्रीदर १२१ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ । बुधबार यस्तो दर खरिदमा १२१ रुपैयाँ २३ पैसा र बिक्रीमा १२१ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको थियो।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा लगानीकर्ता अमेरिकी डलर सञ्चय गर्नतर्फ आकर्षित भएका छन् । धितोपत्र बजार, कमोडिटी मार्केट लगायतका क्षेत्रमा लगानी गर्ने लगानीकर्ता जोखिम कम गर्नका लागि अमेरिकी डलरमा लगानी बढाउने गर्दछन् । हाल डलरमा भएको वृद्धिलाई पनि यहि कारणको रुपमा हेरिएको छ।

विश्वभरिका लागनीकर्ताहरुमा डलरको प्रतिको जनविश्वास उच्च भएका कारण पनि अन्य क्षेत्रमा जोखिम बढेको अवस्थामा लगानीकर्ता डलर खरिद तर्फ लाग्ने गरेको पाइन्छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्नु तथा कमोडीटी मार्केट, शेयर बजारका लगानीकर्ताले जोखिम न्यूनीकरणका लागि डलर खरिद गर्दा हालसम्मकै बलियो भएको बताइन्छ।

प्रकाशित मिति: १३ चैत २०७६, बिहीबार  १५ : ४७ बजे