छोटो समयमै निकै चर्चामा आएको टिकटक र भिडियो शेयरिङ प्लेटफर्म युट्युबबीचको विवादका कारण पछिल्लो एक सातामै टिकटकको रेटिङ ४.६ स्टारबाट १.३ स्टारमा झरेको छ।
भिडियो शेयरिङ्ग प्लेटफर्म युट्युब र टिकटकबीच भारतबाट विवाद सुरु भएपछि प्रयोगकर्ताले प्लेस्टोरमा टिकटकको रेटिङ नै कम गरेका हुन् । हिजोसम्म २ स्टारमा झरेको टिकटकको रेटिङ्ग बुधबार १.३ स्टारमा झरेको छ।
भारतका एक टिकटक स्टार अमिर सिद्दिकी र क्यारी मिनाटी भनेर चिनिने युट्युबर अजेय नागररबीचको विवादले टिकटकको रेटिङ कम भएको हो ।
सिद्दिकीले केही दिनअघि इन्स्टाग्राममा युट्युबरहरूले कन्टेन्ट कपी गरेको आरोप लगाउँदै भिडियो अपलोड गरे। त्यसको जवाफमा मिनाटीले सिद्दिकीलाई आलोचना गर्दै युट्युबमा भिडियो हालेका थिए। मिनाटीले हालेको भिडियोले प्लेटफर्मको सेवा–सर्तहरू उल्लंघन गरेको भन्दै युट्युबले करोडौँ प्रयोगकर्ताले हेरेको उक्त हटाएको थियो।
यस घटनापश्चात मिनाटीका प्रशंसकहरूले टिकटकको रेटिङ्ग पनि कम गरिदिएका हुन्। भारतीय सामाजिक सञ्जालमा ‘रोस्टनहिफ्राइ करुंगा’ र ‘ब्यानटिकटक’जस्ता विषय ट्रेन्डिङमा रहेका छन् ।
प्रतिक्रिया