दाङमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ४५४ पुगेको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज गरिएको नमूना परीक्षणका क्रममा घोराही उपमहानगरपालिका-३ का ३७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।
यसअघि आज बिहान र दिउँसो गरेर एकैदिन २६ जनामा संक्रमण भेटिएको थियो।
झापाको कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै झापा कचनवल वडा र्न ३, ६ र ८ का १५ जना पुरुष, धनकुटामा १ जना पुरुष र धरानकी ५१ वर्षिय एक महिलामा संक्रमण पुष्टि भएको हो।
यस्तै, रुपन्देहीका २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।
नेपालमा अहिलेसम्म तीनजनाको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ भने ४९ जना बिरामी निको भएर घर फर्किसकेका छन्।
प्रतिक्रिया