एकाबिहानै थप ३० जनामा कोरोना पुष्टि, कूल संख्या ४८७ पुग्यो

एकाबिहानै थप ३० जनामा कोरोना पुष्टि, कूल संख्या ४८७ पुग्यो

नेपालमा थप ३० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। नवलपरासी, कपिलवस्तु, सर्लाही र चितवनमा थप ३० जना नयाँ कोरोना संक्रमित भेटिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार राष्ट्रिय अनुसन्धान प्रयोगशाला काठमाडौ र भरतपुर चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएको हो। 

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ।

नेपालमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ३ जनाले ज्यान गुमाइ सकेका छन् ।

थपिएका संक्रमितमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका–६ मा ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका–६ केसरबाघ चितवनमा ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला छन् ।

यस्तै, नवलपरासी सुस्ता गाउँपालिका–५ र रामग्रामका ३३ र ३५ वर्षीय पुरुष तथा १५ वर्षीया महिलामा पनि कोरोना भाइरसको संक्रमण पाइएको छ ।

कपिलवस्तु वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरू तथा आठ वर्षीया बालिकामा संक्रमण पाइएको छ । सर्लाहीको गोडैता–८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका–७ का २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरू र १८ वर्षीया महिलामा पनि भाइरस संक्रमण पाइएको छ ।

 

प्रकाशित मिति: ९ जेठ २०७७, शुक्रबार ०९ : ०९ बजे