बैंकहरुको चैतसम्म कृषिमा २ खर्ब ६६ अर्ब कर्जा लगानी पुग्यो

0
Shares

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकहरुको कृषिमा लगानी २ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा रहेको छ । बैंकहरुलाई केन्द्रीय बैंकले कूल कर्जा प्रवाहित रकमको कृषि क्षेत्रमा अनिवार्य १० प्रतिशत रकम लगानी गर्नुपर्ने व्यवस्था गरेपछि यो क्षेत्रको लगानी उल्लेख्य बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले कूल कर्जाको कम्तिमा १० प्रतिशत कृषि तथा १५ प्रतिशत ऊर्जा, पर्यटन लगायतका प्राथमिकता प्राप्त क्षेत्रहरुमा प्रवाह गर्नुपर्ने व्यवस्था छ । २०७६ चैत मसान्तसम्म यी बैंकहरुको कृषिमा १० प्रतिशत अर्थात २ खर्ब ६६ अर्ब, ऊर्जामा ५.३ प्रतिशत अर्थात १ खर्ब ४० अर्ब र पर्यटनमा ४.९ प्रतिशत अर्थात १ खर्ब ३० अर्ब रुपैयाँ लगानीमा गरेका हुन्।

पछिल्ला केही महिनादेखि विश्वभरी महामारीको रुपमा फैलिएको कारोना भाइरसको संकटपछि आगामी दिन बैंक वित्तीय संस्थाको लागानी यो क्षेत्रमा झनै बढ्ने देखिन्छ । सरकारले पनि कृषि क्षेत्रमा लगानी बढाउने तथा व्यवस्थीत कृषि खेतीलाई विशेष व्यवस्था गर्ने सरकारले केही दिन अघि मात्र सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समेत उल्लेख छ ।

FACEBOOK मा हामीलाई यहाँबाट पछ्याउनु होस् । TWITTER मा पनि नोटबजारको अपडेट नियमित रुपमा पाउन फलो गर्नुहोस् ।

प्रकाशित मिति: १३ जेठ २०७७, मंगलबार  २० : १२ बजे