स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएको कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको हो।
मंगलबार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना उपचारपछि डिस्चार्ज भएका छन्। गौतमका अनुसार हालसम्म १ हजार १६७ जना विभिन्न अस्पतालबाट कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। जसमा ११२ जना महिला र १ हजार ५५ जना पुरुष रहेका छन्।
प्रतिक्रिया