सरकारले लकडाउन खुकुलो बनाएसँगै विभिन्न नाकाबाट काठमाण्डौं प्रवेश गर्ने मानिसहरुको भीड बढेको छ ।
उपत्यका प्रवेश गर्ने नागढुङ्गा, साँगा, फर्पिङ्ग लगायतका नाकाहरुमा उपत्यका भित्रनेहरुको चाप ह्वात्तै बढेको छ। सबै नाकाबाट गृह मन्त्रालयको सहमति सहितको पास बिनाका सयौँ संख्याका सवारी साधनलाई प्रवेश रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरीले उपत्यका छिर्न पाइने गलत सूचनाका आधारमा पछिल्ला दिनहरुमा उपत्यका बाहिरका सर्वसाधारणहरू आउने क्रम पनि बढेको जनाएको छ।
केही दिनअभि जिप्रका काठमाण्डौले आइतबार एक सूचना जारी गर्दै कोरोना सङ्क्रमणको जोखिम निर्धारण, फर्किनुको औचित्य आदिको विश्लेषण गरेर बाहिरी जिल्लाबाट काठमाण्डौं फर्केनेहरुका लागि पास उपलब्ध गराउने जानकारी दिएको थियो तर पास बिना काठमाण्डौं आउने क्रम बढ्दा नाकाबाटै फर्कनुपर्ने अवस्था सिर्जना भएको छ।
काठमाण्डौं प्रवेशका लागि जुनसुकै नागरिकले काठमाण्डौंको जुन नगरपालिकामा बसोबास गर्ने हो सोही नगरपालिकाले प्रवेशका लागि दिएको अनुमति सहित यात्रा शुरु गर्ने जिल्ला प्रशासन कार्यालय निवेदन दिनुपर्नेछ। यसअनुसार सम्बन्धित जिप्रकाले काठमाण्डौंको जिल्ला प्रशासन कार्यालयमा पत्र प्राप्त पश्चात सवारी पास जारी गर्न सहमति प्रदान गर्ने यसअघि नै जनाइसकेको छ।
प्रतिक्रिया