नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

मंगलबार ५३८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० हजार ९९ पुगेको छ। मंगलबार मात्रै थप ९० जना महिला र ४४८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म यो संक्रमणबाट २४ जनाले ज्यान गुमाएका छन्। हालसम्म १ लाख ८६ हजार ३६६ वटा पीसीआर परीक्षण सम्पन्न भएको छ भने १ लाख ७६ हजार २६७ वटा परीक्षण रिर्पोट नेगेटिभ आएको छ।

पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या ८२ जना रहेका छन्। हालसम्म कोरोना निको भएर डिस्चार्ज हुनेको २ हजार २२४ संख्या पुगेको छ।

नेपालमा रसुवा बाहेकका बाँकी सबै ७६ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ ।

प्रकाशित मिति: ९ असार २०७७, मंगलबार १६ : २४ बजे