रिलायबल नेपाल लाइफको साधारण सभा आह्वान, आईपीओ जारी गर्ने

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने सहित अन्य प्रस्तावहरु राखेर दोश्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको असार १४ गते आइतबार सँपन्न बैठकले साउन ११ गते आइतबार होटल मेरियट, नक्साल, काठमाडौँमा दिनको १ बजे साधारण सभा बोलाउने निर्णय गरेको हो ।

सभाले सर्वसाधारणमा ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने, उदेश्य थप गर्ने, सञ्चालक समितिको व्यवस्थामा परिवर्तन, गणपुरक संख्या, सञ्चालकहरुको सुविधा जस्ता कारणहरुबाट सञ्चालक समितिको निर्णय बमोजिम प्रबन्धपत्र र नियमावलीका सम्बद्ध दफाहरु संसोधन गर्ने प्रस्ताव रहेको छ।

यस्तै लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५ असार मसान्तम्मको वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने लगायतका अन्य एजेण्डाहरु रहेका छन्।