सरकारले स्वास्थ्य पोर्टोकलको मापदण्ड तोकेर ट्याक्सी सञ्चालन खुला गर्ने भएको छ।
मंगलबार साँझ सम्पन्न मन्त्रिपरिषदको बैठकमा निश्चित मापदण्ड बनाएर ट्याक्सी सहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको छ ।
बैठकम सहभागि एक मन्त्रीका अनुसार दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने विषयमा छलफल भएको हो। सञ्चालको निर्णय गर्ने जिम्मा कोरोना संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) लाई दिइएको छ ।
यातायात व्यवस्था मन्त्रालयले सरोकारवाला पक्षहरुसँग छलफल गरेर सीसीएमसीमा मोडालिटी पेश गर्ने र त्यसअनुसार निर्णय हुने बताइएको छ।
सरकारले निजी सवारी साधन खुला गरेपछि ट्याक्सी चालकहरुले निजी सवारी साधन र ट्याक्सीमा कुनै फरक नभएको भन्दै कर्जा तथा परिवार पाल्न गाह्रो भएको भन्दै आन्दोलन गर्ने चेतावनी दिँदै आएका थिए।
तीन महिनाभन्दा बढी समय बन्दाबन्दी भएपछि ट्याक्सी व्यवसायी बैङ्क किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या भएको भन्दै ट्याक्सी लिएर सडकमा समेत उत्रिसकेका छन् ।
प्रतिक्रिया