अजोड इन्स्योरेन्स (AJOD) को आईपीओमा बिहीबार पहिलो दिनमा नै १ लाख २९ हजार बढी आवेदकबाट करिब दुई गुणा धेरै शेयर माग भएको छ।
इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ताको शेयर माग भएको हो।
यो संख्या सर्वसाधारणमा निष्काशनमा २७ लाख ३० हजार शेयरको तुलनामा १.८३ गुणा बढी हुन आउँछ।
कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो।
जसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको छ। बाँकी शेयरका सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो।
न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने आईपीओमा असार २९ गतेसम्म आवेदन दिन सकिन्छ। हाल संस्थापकतर्फको ७० प्रतिशत पूँजी चुक्ता भैसकेको कम्पनीको ३० प्रतिशत शेयर आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ।
प्रतिक्रिया