प्रभु क्यापिटल र समृद्धि क्यापिटलले असार २९ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन्।
प्रभु क्यापिटलको गत फागुन ११ गते बसेको वार्षिक साधारण सभा र समृद्धि क्यापिटलको २०७६ फागुन ११ गते बसेको साधारणसभाले निर्यण गरे बमोजिम नेपाल धितोपत्र बोर्डबाट असार २१ गते गाभ्ने।गाभिने कार्य अघि बढाउन स्वीकृति प्राप्त भएको थियो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र रजिष्ट्रार कार्यालयको असार २३ गते प्रभु क्यापिटलमा गाभिने कम्पनि समृद्धि क्यापिटलका सम्पूर्ण सम्पत्ति दायित्व स्वीकार गरी प्रभु क्यापिटलको नामबाट एकीकृत कारोबार गर्न स्वीकृति भए अनुसार असार २९ गतेबाट कारोबार सञ्चालन गर्ने भएको हो।
प्रतिक्रिया