सातामा कारोबार रकम २२३ प्रतिशतले बढ्यो, सातामै बढ्यो १ खर्ब बजार पूँजीकरण

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गत साताको तुलनामा कारोबार रकम २२३ प्रतिशतले बढेको छ।

गत साता १ अर्ब ५९ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएकोमा यस साता ३ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ बढेर ५ अर्ब १६ करोड २ लाख नाघेको हो।

यस्तै कारोबार कित्ता पनि ४० लाख ९६ हजारबाट बढेर १ करोड ३६ लाख २६ हजार नाघेको छ।

नेप्से सूचक ७५ अंकले बढेसँगै सातामा शेयर बजारमा सूचीकृत कम्पनीहरुमा लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण करिब १ खर्ब रुपैयाँले बढेको हो।

सातामा नेप्से परिसूचक ७४.९९ अंकले बढेको छ। साताको पहिलो दिन १२५६.११ बिन्दुमा खुलेको नेप्से अन्तिम दिन बिहीबार १३३१.१० अंकमा बन्द भएको हो।

यस साता नेपाल रि-इन्स्योरेन्सको सबैभन्दा धेरै ७९ करोड ५४ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ। यसैगरि नेपाल लाइफको ४३ करोड २९ लाख ९६ हजार, एनएमबि बैंक १९ करोड २ लाख, हिमालयन डिष्टिलरीको १८ करोड ७० लाख, छिमेक लघुवित्त १६ करोड ७४ लाख बजार पूँजीकरण पुगेको छ।

यसैगरि नबिल बैंक १४ करोड २१ लाख, शिवम् सिमेन्टको १२ करोड ८८ लाख, एनआईसी एशिया बैंक १३ करोड ८७ लाख, प्रभु बैंकको ११ करोड १६ लाख र साना किसान लघुवित्तको ९ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भयो।

सातामै बढ्यो १ खर्ब पूँजीकरण, नेपाल टेलिकम शीर्ष स्थानमा

साताको कूल बजार पूँजीकरण १७ खर्ब ४६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। गत साता १६ खर्ब ४७ अर्ब ५६ करोड बजार पूँजीकरण रहेकोमा एक सातामा ९८ अर्ब ७९ करोड रुपैयाँले वृद्धि भएको हो।

बजार पूँजीकरणका हिसाबले नेपाल टेलिकमको सबैभन्दा धेरै रहेको छ। टेलिकमको कूल बजार पूँजीकरण ९५ अर्बको १० करोड, नबिल बैंकको ७४ अर्ब ८३ करोड, नेपाल लाईफको ६७ अर्ब ४९ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको ६२ अर्ब ५७ करोड एभरेष्ट बैंकको ५५ अर्ब ३९ करोड, एनएमबि बैंकको ५३ अर्ब ७१ करोड, नेपाल रि-इन्स्योरेन्सको ५० अर्ब ४० करोड, स्ट्याण्डर्ड चार्टर्ड ४९ अर्ब ३ करोड, एनआईसी एशिया बैंकको ४८ अर्ब ७८ करोड, र हिमालयन बैंकको ४८ अर्ब ३६ करोड बजार पूँजीकरण कायम भएको छ।

सातामा सबैभन्दा धेरै नेपाल रि-इन्स्योरेन्सको १७ लाख १४ हजार कित्ता शेयर कारोबारमा आएको छ। एनएमबि बैंकको ४ लाख ९८ हजार, नेपाल लाइफको ३ लाख ५९ हजार कित्ता कारोबार हुँदा प्रभु, ग्लोबल र प्राइम बैंकको पनि ३ लाख बढी कित्ता कारोबार भयो।

प्रकाशित मिति: २६ असार २०७७, शुक्रबार  १५ : १६ बजे