दुई कम्पनीले ६८ करोडको आईपीओ निष्कासनका लागि मागे अनुमति

0
Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दुई कम्पनीले ६८ करोड रूपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्कासन गर्न नियामक निकायसँग अनुमति माग गर्दै निवेदन पेश गरेका छन् ।

आईएमई लाइफ इन्स्योरेन्सले एक सय रूपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता र रूरू जलविद्युत् परियोजना कम्पनीले ८ करोड ९६ लाख ९५ हजार २२० रुपैयाँको ८ लाख १५ हजार ४११ कित्ता आइपीओ जारी गर्न अनुमति मागेका हुन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २२ गते र रूरू जलविद्युत परियोजनाले असार २५ गते साधारण शेयर निष्कासन गर्न सेबोनमा निवेदन पेश गरेका हुन् ।

आइएमई लाइफको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट र रूरू जलविद्युत् परियोजनाको बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ ।

आइएमई लाइफले प्रतिशेयर १०० रूपैयाँको दरमा ६० लाख कित्ता र रूरू जलविद्युतले स्थानियका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १०० रूपैयाँको दरमा ४ लाख ७ हजार ७०५ कित्ता र सर्वसाधारणका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १२० रूपैयाँको दरमा बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले सर्वसाधारणमा अंकित मूल्यमा २० रुपैयाँ थप प्रिमियम सहित आईपीओ निष्काशनको माग गरेको हो। 

रुरु कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ४ प्लस रेटिङ्ग दिएको छ। ग्रेड ४ प्लस रेटिङ्गले कम्पनीको अवस्था औषतभन्दा तल आधार रहेको जनाउँछ।

इस्योरेन्सको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ । ग्रेड ४ रेटिङ्गले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ ।

प्रकाशित मिति: २६ असार २०७७, शुक्रबार  १६ : ०७ बजे