केन्ट काउन्टर टप भेजिटेबल कीटाणुनाशक उपकरणमा २० प्रतिशत छुट

0
Shares

नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको केन्ट काउन्टर टप भेजिटेबलले कीटाणुनाशक उपकरणमा २० प्रतिशत छुट दिने भएको छ ।

कीटाणुनाशक उपकरणले साग-सब्जी , फलफूल र मासुबाट कीटनाशक, ब्याक्टेरिया र भाइरसहरू हटाउँदछ । केन्ट टेबल शीर्ष भेजिटेबल कीटाणुनाशक उपकरणलबाट तरकारी र फलफूलहरू उपभोगका लागि सुरक्षित बनाउन सकिने कम्पनीको भनाई छ।

यसमा रासायनिक रहित ओजोन टेक्नोलोजी छ जसले हानिकारक कीटनाशक, रसायनहरू आदि हटाएर तरकारी र फलफूलहरू कीटाणु रहित गर्ने कम्पनीको दाबी छ। यसले ब्याक्टेरिया, भाइरस र अन्य कीटाणुहरूको हटाउने कुरा सुनिश्चित गर्ने कम्पनीको भनाई छ।

नेपालमा यस ब्रान्ड अन्तर्गत वाटर प्युरिफर, एयर प्युरीफायर, स्मार्ट घरेलु उपकरण, भ्याकुम क्लीनरहरू जस्ता अन्य उत्पादनहरू पनि उपलब्ध छन् ।