लघुवित्तको शेयरमा आकर्षण, १५ मिनेट अघि ३ कम्पनीको शेयरमूल्यमा सर्किट

0
Shares

आइतबार लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित बनेका छन्। शेयर बजार खुलेको १५ मिनेट अघि नै तीन लघुवित्त कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।

नेप्सेका अनुसार स्वरोजगार लघुवित्त, वोमी लघुवित्त र एनआईसी एशिया लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको लागेको हो।

यस अवधिमा ६ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा नेपाल लाइफ र नेपाल पुनर्बीमा कम्पनीको शेयर १ करोड बढीको कारोबार भएको छ।

प्रकाशित मिति: २८ असार २०७७, आइतबार  ११ : ३२ बजे