साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) को प्रि अलोटमेन्ट आज (आइतबार) हुने भएको छ।
आज प्रि अलोटमेन्टपछि स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्ने र बोर्डबाट स्वीकृति पाए मंगलबार र सो दिन स्वीकृति नपाए बुधबार बाँडफाँड गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ।
आईपीओ उच्च आवेदन परेका कारण १४.४१ प्रतिशत आवेदकले मात्र शेयर पाउनेछन्। लघुवित्तको ६६ हजार १५२ जना आवेदकलाई १० कित्ताका दरले बाँडफाँड गर्न पुग्छ भने ३ लाख ८२ हजार आवेदकको हाल खाली हुने भएको छ। आईपीओमा ४ लाख ५८ हजार ६४३ वटा आवेदन परेकोमा १० हजार ३१ वटा आवेदन रद्ध भएको छ। ४ लाख ४८ हजार ६१२ सदर आवेदन सदर भएको छ।
थप समाचारका लागि तलको लिङ्कमा पढ्नुहोस्:-
साधनाको आईपीओ तीन लाख ८२ हजार आवेदकले नपाउने
प्रतिक्रिया