साधना लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ सोमबार बाँडफाँड भएको छ । जसमा रितपूर्वक आवेदन दिएका मध्ये गोलाप्रथा मार्फत १४.७४ प्रतिशत आवेदकले शेयर हात पारेका छन् ।
आवेदकमध्ये ८५.२६ प्रतिशतको हात खाली भएको छ। जसअन्तर्गत ६६ हजार १५२ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर हात पाएका छन् ।
आईपीओको नतिजा नोटबजारमा https://notebazar.com/ipo-result हेर्न सकिन्छ ।
शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार लघुवित्तको आइपीओमा कूल ४ लाख ४८ हजार ६४० वटा आवेदन परेकोमा ७९१ वटा आवेकको आवेदन रद्ध भएको छ। ४ लाख ४७ हजार ८४९ आवेदन सदर भएको छ।
प्रतिक्रिया