हिमालयन बैंक (HBL) ले आफ्नै सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
बैंकले साउन १ गतेदेखि लागू हुने गरि हिमालयन क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो। यससँगै बैंकको धितोपत्र सम्बन्धि कार्यहरु अब हिमालयन क्यापिटलबाट हुनेछ ।
यसअघि बैंकले शेयर विभाग स्थापना गरि कमलादीबाटै शेयरधनीलाई आरटिएस सेवा प्रदान गर्दै आइरहेको थियो।
संगठित संस्थाहरुको धितोपत्र कारोबार सम्बन्धी रेकर्ड राखिदिने र दाखिल खारेज वा नामासारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न जिम्मा लिने संस्थालाई शेयर रजिष्ट्रार भनिन्छ।
प्रतिक्रिया