शेयर बजारमा तेस्रो सर्किट, आइतबार पूरै दिनका लागि बन्द

0
Shares

शेयर बजार परिसूचक नेप्से ६ प्रतिशत अर्थात ८४.२६ अंकले बढेपछि आइतबार पूरै दिनका लागि शेयर कारोबार बन्द भएको छ।

कारोबार सुरु भएको ७ मिनेट अगावै ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको नेप्से २० मिनेट कारोबार रोक्का भई खुल्नेवित्तकै १ मिनेटमा नै थप १ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको थियो।

दोस्रो सर्किट लागेको ४० मिनेट पश्चात खुला भएको बजार १ मिनेटमा पुन: १ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द भएको हो।

नेप्से ८४.५६ अंक बढेर १४७९.०३ बिन्दुमा पुगेको छ। यस अवधिमा १११ कम्पनीका १ लाख ८० हजार कित्ता शेयर ६ करोड २५ लाख रुपैयाँमा खरीद बिक्री भएका छन्। पुनर्बीमा कम्पनीको २ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आजको बजारमा २२ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

प्रकाशित मिति: ४ साउन २०७७, आइतबार  १२ : १३ बजे