नेप्सेमा ४ कम्पनीको १० लाख कित्ता बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार चार कम्पनीहरुको १० लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

आइतबार नेप्सेमा अरुण भ्याली हाइड्रोपावर, किसान माइक्रोफाइनान्स वित्तीय संस्था, चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार अरुण भ्यालीको ६ लाख ५३ हजार १०९ कित्ता, किसान माइक्रोफाइनान्सको २ लाख ५ हजार ९९२ दशमलव ७५ कित्ता, चौतारी लघुवित्तको १ लाख ३० हजार २०० कित्ता र आरम्भ लघुवित्तको ४४ हजार २८० कित्ता बोनस रहेको छ।

आर्थिक वर्ष २०७५/७६ को नाफाबाट अरुण भ्यालीले ७ प्रतिशत, किसान माइक्रोफाइनान्सले २३.९५ प्रतिशत, चौतारी लघुवित्तले ७ प्रतिशत र आरम्भ लघुवित्तले ७.३८ प्रतिशत बोनस पारित गरेका थिए।

प्रकाशित मिति: ४ साउन २०७७, आइतबार  १८ : ३६ बजे