शेयर लगानीकर्ता तथा प्रतिष्ठा ट्रेडिङ्ग हाउसका महाप्रबन्धक केशव कोइरालाले मञ्जुश्री फाइनान्स कम्पनीको शेयर कर्नरिङ्ग भएको भन्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डले कारवाही गर्नुपर्ने आवाज उठाएका छन्।
उनले धितोपत्र बोर्डले छिटोभन्दा छिटो कम्पनीको सीईओ ,सञ्चालक समिति र सट्टेबाजमा संलग्नहरुलाई छानबिन गरि कारबाही गर्न माग गरेका छन्।
कोइरालाले फाइनान्सको शेयरको भाउ प्रतिकित्ता १३० रुपैयाँबाट चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक रिपोर्ट पूर्व नै फाइनान्सका सीईओ र सञ्चालक समितिले सूचना चुहाएर तथा एक ब्रोकर र मारबाडी समुदायले लाखौं कित्ता उठाएर कर्नरिङ गर्दै मूल्य ३५० माथि पुर्याइएको दाबी उनको छ ।
दोस्रो त्रैमासमा नै १० करोड बढीको सम्पत्ति बेचेर र वित्तीय विवरणहरु हेरफेर गरि कम्पनीको सीईओ, सञ्चालक समिति, २८ नम्बर दलाल र मारबाडीहरुको एउटा समूह नै लागेर प्रतिकित्ता १३० हाराहारीको कम्पनीको मूल्य उचाल्ने काम शुरु भएको उनको दाबी छ।
मञ्जुश्री फाइनान्स भन्दा धेरै मजबुत आईसीएफसी, पोखरा फाइनान्स, गुडविल फाइनान्सको बजार मूल्य अहिले पनि प्रतिकित्ता १५०/१६० आसपास रहेकोमा फाइनान्सको शेयरमूल्य कर्नरिङ्ग गरेर माथि पुर्याइएको उनको दाबी छ।
मारवाडीहरुले शेयर बिक्रीपछि फाइनान्सको मूल्य आईसीएफसी, पोखरा फाइनान्स, गुडविल फाइनान्सको भन्दा तल आउने बताएका छन्।
कम्पनीले आज प्रकाशन गरेको गत आर्थिक वर्षको चौंथो त्रैमासको प्रतिवेदनमा वार्षिक प्रतिशेयर आम्दानी ३४ रुपैयाँ निकालेको छ। वितरणयोग्य मुनाफा त १४ प्रतिशत मात्रै छ। १० करोड बढी सम्पत्ति बेचेको आम्दानी यसैमा समावेश छ।
माफियाहरुको मिलेमतोले कसरी सिधासाधा लगानीकर्ता फसाउछन भन्ने पछिल्लो उदाहरणमा मन्जुश्री फाइनान्स बनेको उनले बताएका छन्।
मञ्जुश्री फाइनान्सको मुनाफामा यसकारण देखियो छलाङ्ग, लाभांश वितरण क्षमता १४.६० %
प्रतिक्रिया