एभरेष्ट इन्स्योरेन्स मर्जरमा जाने

एभरेष्ट इन्स्योरेन्स मर्जरमा जाने

एभरेष्ट इन्स्योरेन्स (EIC) को २५ औं वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको छ।

अग्रवाल भवन, कमलपोखरी, काठमाण्डौंमा मंगलबार साधारण सभाले उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनीसँग गाभ्ने÷गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने समेत निर्णय समेत गरेको छ।

दिउँसो २ बजे शुरु भएको सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए।

कम्पनीको २५ औ बार्षिक साधारण सभाले प्रस्तुत सामान्य तथा विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ।

प्रकाशित मिति: ६ साउन २०७७, मंगलबार १९ : २३ बजे