कम्पनी रजिष्ट्रारको कार्यालयले आगामी १५ दिन अत्यावश्यक सेवा मात्र दिने

0
Shares

कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २९ देखि भदौ ११ गतेसम्मका १५ दिन अत्यावश्यक सेवा मात्र दिने भएको छ। उपत्यकामा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै कम्पनीले कम्पनी प्रसाशन सम्बन्धी अन्य कामहरु बन्द गरेको हो।

यस अवधिमा औषधि उत्पादन तथा बिक्री वितरण, जनस्वास्थ्यसँग सम्बन्धी, मास्क सेनिटाइजर, सरसफाइ, खाद्यान्न, खानेपानी जस्ता अत्यावश्यक सेवासँग सम्बन्धित कम्पनी मात्र दर्ता गर्ने जनाएको छ।

कोभिड-१९ को जोखिमलाई ध्यान दिई कार्यालयमा सेपाग्राहीको बढ्दो भीडलाई मध्येनजर गर्दै यस्तो व्यवस्था लागू गरिएको उप-रजिष्ट्रार तुल्सीराम गैरेले जानकारी दिए।

यस अवधिमा कम्पनी रजिष्ट्रारको कार्यालयमा बुझाउनुपर्ने वार्षिक विवरण लगायतका अभिलेखहरु अनलाइनबाट मात्र बुझाउनुपर्ने व्यवस्था गरिएको गैरेको भनाइ छ। सोको लागि कार्यालयले अनलाइन सेवा भने सुचारु राख्ने बताइएको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ साउन २०७७, बुधबार  १७ : २२ बजे