नेपालमा ४६८ कोरोना संक्रमित थपिए , मृत्यु हुनेको संख्या एक सय नाघ्यो

0
Shares

गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको र ४६८ जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ।

यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६,०१९ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ८,१९३जनामा सक्रिय सङ्क्रमण छ भने १७,२०१ जना भाइरसमुक्त भएका छन्। गएको नौ दिनमा नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२ छ।

सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश २ मा ३,८२७ जना र बागमती प्रदेशमा २,००२ जना रहेका छन्।

त्यस्तै प्रदेश १ मा ८९४ जना, गण्डकी प्रदेशमा २६२ जना, प्रदेश ५ मा ७३६ जना, कर्णाली प्रदेशमा २२५ जना र सुदूरपश्चिम प्रदेशमा ८१० जना सक्रिय सङ्क्रमित रहेका छन्।

शनिवार पुष्टि भएकामध्ये सबैभन्दा बढी ८० जना सङ्क्रमित काठमाण्डूका रहेका छन्। ललितपुर र भक्तपुरमा ९/९ जना सङ्क्रमित थपिएपछि काठमाण्डूका शनिवार ९८ नयाँ सङ्क्रमित थपिएका हुन्।

यो साता मात्रै काठमाण्डूमा ५९५, ललितपुरमा ८७ र भक्तपुरमा ३४ जना गरी उपत्यकामा ७१६ जना सङ्क्रमित थपिएका छन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ साउन २०७७, शनिबार  १७ : २६ बजे