नेशनल माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ५७ रुपैयाँले घट्यो

0
Shares

नेशनल माइक्रोफाइनान्स (NMFBS) को वार्षिक प्रतिशेयर आम्दानी ५६.८५ रुपैयाँले घटेको वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ ।

अघिल्लो आवको नाफाबाट ७५ प्रतिशत बोनससहित ८० प्रतिशत लाभांश वितरण गरेको लघुवित्तको चुक्ता पूँजीमा आएको भारी वृद्धि र नाफा घट्दा कम्पनीको इपिएसमा ठूलो गिरावट देखा परेको हो ।

यस्तै सरकारले गरेको लकडाउनका कारण कर्जा असुली प्रभावित भई खराब कर्जा अनुपात बढ्दा जोखिम व्यवस्थापन बढेको कारण पनि लघुवित्त कम्पनीको नाफामा ३९ प्रतिशतको गिरावट आएको छ।

समीक्षा अवधिमा कम्पनीले १५ करोड ८ लाख ८३ हजारको चुक्ता पूँजी २६ करोड ४० लाख ४५ हजार रुपैयाँ पुगेको छ भने वार्षिक प्रतिशेयर आम्दानी ८७.१२ रुपैयाँबाट घटेर ३०.२७ रुपैयाँमा सीमित भएको छ।

गत आव २०७६।७७ मा कम्पनीको खुद नाफा ५ करोड १५ लाख रुपैयाँ घटेर ७ करोड ९९ लाख १६ हजार रुपैयाँमा झरेको छ। अघिल्लो आवमा लघुवित्तले १३ करोड १४ लाख ५४ हजार नाफा कमाएको थियो।

असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ६१ करोड ७४ लाख निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ७ करोड ८० लाख रुपैयाँ सापटी लिएर ४ अर्ब १६ करोड ९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको निक्षेप २६, सापटी ३५ र कर्जा लगानीमा साढे १३ प्रतिशतको बढोत्तरी देखिन्छ।

Particulars  National Microfinance Laghubitta Bittiya Sanstha (Rs  in ‘000)
Q4 2076/77 Q4 2075/76 Difference
Paid Up Capital 264,045.00 150,883.00 75.00%
Reserve & Surplus 210,919.00 246,435.00 -14.41%
Net Profit 79,916.00 131,454.00 -39.21%
EPS (In Rs.) 30.27 87.12 -65.26%
Net Worth per Share (In Rs.) 179.88 263.33 -31.69%
Deposits 1,617,468.00 1,284,077.00 25.96%
Borrowings 3,078,046.00 2,281,919.00 34.89%
Loans & Advances 4,160,900.00 3,665,423.00 13.52%
Net Interest Income 275,336.00 266,469.00 3.33%
Provision for possible losses 102,028.00 31,734.00 221.51%
Operating Profit 126,851.00 208,657.00 -39.21%
NPL (%) 2.28 1.43 59.44%
PE Ratio (times) 54.52 18.3 197.92%

 

व्यवसाय विस्तार भए पनि राष्ट्र बैंकले घोषणा गरेको ब्याज छुट तथा कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरणका कारण लघुवित्तको खुद ब्याज आम्दानीमा सामान्य सुधार देखिएको छ। यस अवधिमा कम्पनीले २७ करोड ५३ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ।

यस अवधिमा लघुवित्तको खराब कर्जा अनुपात ०.८५ प्रतिशतले वृद्धि भई २.२८ प्रतिशत कायम भएको छ। खराब कर्जा अनुपात बढ्दा लघुवित्तको जोखिम व्यवस्था ७ करोड २ लाखले बढेर १० करोड २० लाखमा पुगेको छ।

लघुवित्तको प्रतिशेयर नेटवर्थ १७९.८८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५४.५२ गुणा, र कोषको लागत ९.२८ प्रतिशत रहेको छ। धादिङ्ग सदरमुकाममा केन्द्रीय कार्यालय रही लघुवित्तले ६५ शाखा कार्यालय मार्फत ८९ हजार विपन्न परिवारमा लघुवित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३२ साउन २०७७, आइतबार  १२ : ३५ बजे