पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालामा ८ हजार २६ जनाको स्वाब परीक्षण गर्दा २२० महिला र ५९८ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
आइतबार थपिएका संक्रमितमध्ये उनका अनुसार प्रदेश १ मा १७ जना, प्रदेश २ मा ४९ जना, बागमती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १६ जना संक्रमित आईसीयूमा उपचाररत छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका आईसीयूमा कुनै संक्रमित छैनन् ।
गौतमले कोरोनाका जटिल बिरामी १३७ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा उपचाररत रहेका जानकारी दिए । योसहित नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छहालसम्म १८ हजार ६३१ जना कोरोनाबाट निको भएका छन्।
नेपालमा थप ३ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । योसँगै अहिलेसम्म कुल १४९ जना कोभिड १९ संक्रमितहरुले ज्यान गुमाइसकेका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया