प्रचण्डका घरबेटीको शैलुङ इन्टरप्राईजेज सहित दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

0
Shares

कृषि सामाग्री कम्पनी लिमिटेडले सम्झौता बमोजिम युरिया मल ल्याउन नसकेपछि सम्झौता गरेका प्रचण्डका घरबेटीको शैलुङ इन्टरप्राईजेज सहित दुई ठेकदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ ।

कृषि सामाग्री कम्पनीले सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी ठेकदार शारदा प्रसाद अधिकारीको शैलुङ इन्टरप्राईजेज र हुमनाथ कोइरालाको होनिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालय ताहाचललाई सिफरिस गरेको हो ।

दुबै फर्मले २५-२५ हजार मेट्रिक टन गरी कुलल ५० हजार मेट्रिक टन युरिया मल ल्याउने सम्झौता गरेर सो बमोजिमको कार्य समयमा नगरेकाले सार्वजनिक खरीद ऐन अनुसार दुवै कम्पनीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कृषि सामाग्री कम्पनी लिमिटेडले पत्राचार गरिएको प्रबन्ध सञ्चालक नेत्र बहादुर भण्डारीले जानकारी दिए ।

अन्तराष्ट्रिय बोलपत्र मार्फत ती दुबै सप्लायर्स कम्पनीले सो ठेक्का पाएका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ भदौ २०७७, सोमबार  १७ : १९ बजे