सवारी कर र नवीकरण दस्तुर बुझाउने म्याद कार्तिक मसान्तसम्म थप

0
Shares

बागमति प्रदेश सरकार अन्तर्गतको एकान्तकुना यातायात कार्यालयले सवारी कर र नवीकरण दस्तुर बुझाउन कार्तिक मसान्तसम्म म्याद थप गरेको छ ।

सरकारले २०७६ चैत ११ गतेदेखि गरेको लकडाउनका कारण सवारी कर, नवीकरण दस्तुरसमयमा नै बुझाउन नसकेको कारण दस्तुर बुझाउने म्याद कार्तिक मसान्तसम्म थप गरिएको कार्यालयले जनाएको छ ।

सो मितिभित्र सवारी कर तथा नवीकरण दस्तुर बुझाएमा जरिवाना नलाग्ने एक मंगलबार कार्यलयले जारी गरेको सूचनामा उल्लेख छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ असाेज २०७७, मंगलबार  १९ : १७ बजे