नेपाल फाइनान्सले असोज १० गते शनिबार एकसाथ ८ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले संस्थाको चुक्ता पूँजी वृद्धिका लागि १७५ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।
संस्थाले शेयरधनीहरुको भौतिक तथा अभौतिक (भच्र्युअल) उपस्थितिको माध्यमबाट २० देखि २७ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो । सो साधारणसभाले संंस्थाको अधिकृत पूँजी १ अर्ब र जारी तथा चुक्ता पूँजी ८४ करोड २ लाख बनाउने निर्णय समेत गरेको छ ।
नेपाल राष्ट्र बैंकले ग बर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पु¥याउन दिएको निर्देशन बमोजिम सो निर्णय गरेको हो । संस्थाको चुक्तापूँजी ८४ करोड २ लाख ६५ हजार ५९४ पु¥याउन १ः१.७५ (एक बराबर एक दशमलब सात पाँच) को अनुपातमा हकप्रद शेयर जारी गर्ने बिशेष प्रस्ताव उक्त साधारणसभाबाट पारित गराएको छ ।
संस्थाको मिति २०७४ फागुन २९ गते सम्पन्न भएको बिशेष साधारण सभाको निर्णय बमोजिमको हाल कायम चुक्ता पूँजीको १ः१.२५ को दरले हकप्रद शेयर जारी गर्ने गरी प्रकृया थालिएकोमा सोको धितोपत्र बोर्डबाट स्वीकृत हुने अन्तिम चरणमा रहेको छ जस अन्र्तगत आधारभुत लगानीकर्ता तथा संचालकहरुबाट उक्त हकप्रद शेयर बापतको रकम कल्स इन एडभान्समा जम्मा भइसकेको कम्पनीले जनाएको छ ।
हाल संस्थाको सुधार कार्यक्रम अन्तर्गत केहि अत्यावश्यक भौतिक सामाग्रीहरु परिवर्तनका साथै आन्तरिक व्यवस्थापनमा सवलिकरण गर्ने, संचालन जोखिमलाई न्यूनिकरण गर्ने उपायहरु समेत अवलम्वन गरिएको छ । अव आउने दिनहरुमा संस्थालाई आधुनिकिकरण गर्दै लैजाने रणनिति लिइएको समेत जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया