असोज २० गतेदेखि टिकट बुकिङ खुलाउन सरकार र व्यवसायीबीच छलफल

0
Shares

फाइल फोटो

नजिकिँदो नेपालीहरुकाृे महान चाड दशैंका लागि सरकारले असोज २० गतेबाट सार्वजनिक सवारीको टिकट बुकिङ खुलाउनेगरी छलफल अघि बढाएको छ ।

यातायात व्यवस्था विभागले असोज २० गतेबाट दशैंमा घर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवसायीहरुलाई प्रस्ताव गरेको हो । विभागका प्रवक्ता लोकनाथ भुसालले दशैंको अग्रिम टिकट बुकिङ असोज २० देखि २५ गतेसम्म खुला गर्न प्रस्ताव गरिएको बताए ।

सार्वजनिक यातायात सञ्चालनका सम्बन्धमा आउको सरकारी प्रस्तावमा व्यवसायीहरुले भने सरकारले लिएको नीति पुनरावलोकन हुनुपर्ने माग छ । उनीहरुको विमानमा जस्तै बसमा पनि सबै सिट क्षमतामा यात्रु बोक्न पाउनुपर्ने माग छ ।

कोरोना संक्रमणका कारण सरकारले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी भाडा लिएर सिटमा ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने नियम लागू गरेको छ । यसमा परिमार्जन गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

गत वर्षका दशैंमा २० लाखले उपत्यका छाड्ने गरेकोमा यो वर्ष कोरोना संक्रमणका कारण करिब ५ लाख व्यक्तिले दशैंका लागि उपत्यका छाड्ने विभागको अनुमान छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ असाेज २०७७, मंगलबार  ०८ : २६ बजे