स्मार्ट च्वाईस टेक्नोलोजीले क्लियरिङ हाउसको २ लाख ९८ हजार कित्ता शेयर बिक्री गर्दै

0
Shares

स्मार्ट च्वाइस टेक्नोलोजीले नेपाल क्लियरिङ हाउस लिमिटेडको २ लाख ९८ हजार ८० कित्ता संस्थापक शेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको छ ।

स्मार्ट च्वाइसले मुक्तिनाथ क्यापिटल लिमिटेडको बिक्री प्रबन्धकत्वमा आफ्नो नाममा रहेको संस्थापक समूहको उक्त शेयर असोज २० गते देखि असोज २४ गतेसम्म बिक्री गर्ने भएको हो ।

न्युनतम ५० हजार कित्तादेखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने उक्त लिलामी शेयर खरीदका लागि प्रतिकित्ता ३५० रूपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

उक्त शेयर खरीद गर्न चाहने लगानीकर्ताले ३५० रुपैयाँ वा सो भन्दा बढाबढमा मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

यस शेयरमा साविकका संस्थापक शेयरधनी वा नेपाल राष्ट्र बैंक बाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था वा सरकारी स्वामित्व रहेका विशेष ऐनद्वारा स्थापित संस्थाले मात्र आवेदन दिन सक्नेछन् । सर्वसाधारण भने आवेदन दिन पाउँदैनन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ असाेज २०७७, सोमबार  १३ : ३३ बजे