राष्ट्रपतिका प्रतिस्पर्धीको भन्दा उपराष्ट्रपतिका प्रतिस्पर्धीको बहस गुणस्तरीय

राष्ट्रपतिका प्रतिस्पर्धीको भन्दा उपराष्ट्रपतिका प्रतिस्पर्धीको बहस गुणस्तरीय

अमेरिकामा आसन्न निर्वाचनलाई लक्षित गरेर आयोजना गरिएका बहस मध्ये राष्ट्रपतिका उम्मेदवारभन्दा उपराष्ट्रपतिका उम्मेदवारहरु बीचको बहस गुणस्तरीय देखिएको छ ।

अमेरिकी राष्ट्रपतिका उम्मेदवारद्धय डोनाल्ड ट्रम्प र जोए बाइडेनका बीचमा गत हप्ता बहस भएको थियो भने उपराष्ट्रपतिका उम्मेदवारद्धय माइक पेन्स र कमला ह्यारिसका बीचमा बिहीबार बहस भएको थियो ।

राष्ट्रपतिका प्रतिश्पर्धीद्धयको बहसमा उनीहरुले एक अर्कालाई आरोप लगाउने, गालीगलौज गर्ने, तर्क र तथ्याङ्क भन्दा बढी जिद्दी गरेका थियो । तर बिहीबारको उपराष्ट्रपतिका प्रतिश्पर्धीद्धयको बहसमा तुलनात्मक रुपमा भद्रता, शालिनता र तर्क तथा तथ्याङ्कहरुको प्रयोग बढी भएको पाइएको छ ।

दुई बहस हेर्दा राष्ट्रपतिका उम्मेदवारहरु भन्दा उपराष्ट्रपतिका उम्मेदवारहरुको बहस बढी गुणस्तरीय भएको दर्शकहरुको टिप्पणी छ । अमेरिकामा उपराष्ट्रपतिको आगामी कार्यकालका लागि वर्तमान उपराष्ट्रपति पेन्सले रिपब्लीकनको तर्फबाट र ह्यारिसले डेमोक्र्याटिकको तर्फबाट प्रतिश्पर्धा गर्न लागेका छन् । ह्यारिस अस्वेत महिला पहिलो उपराष्ट्रपतिको उम्मेदवार छन् । उनको आमा भारतीय मुलकी छन् ।

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ असोज २०७७, बिहीबार १९ : ४० बजे