नेपाल प्रहरीले सिन्धुपाल्चोकबाट एक किलो नक्कली सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो ।
प्रहरीले बाह्रबिसे नगरपालिका २ बस्ने १९ वर्षीय उमेश तामाङ र २६ वर्षीय अर्जुनबहादुर तामाङलाई लिसंखुपाखर गाँउपालिका ६ लामिडाँडाबाट पक्राउ गरेको हो । पक्राउन परेका उनीहरूमाथि प्रहरीले थप अनुसन्धान प्रकृया अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले पित्तलमाथि बाहिर जलप लगाएर ठगी गर्ने उदेश्यका साथ हिडेको अबस्थामा सुनकोशी गाँउपालिका ७ डेढ किलोबाट जामुनेतर्फ जाने बाटोबाट प्रदेश ३, ०२-००१ प ७४२४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको जानकारी दिए ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया