नेपाल निर्यात परिषदले हवाई कार्गो भाडा दरलाई पूर्ववत लागतमा तल्काल सुचारु गरी सरलिकृत गर्ने व्यवस्था मिलाउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग माग गरेको छ ।
हवाई कम्पनिहरुबाट पहिलाको भन्दा २-३ गुणा भन्दा बढी हवाई कार्गो भाडा दर वृद्धि गरिरहेको र यसबाट हवाई कार्गो भाडा दर महङ्गो भएबाट नेपाली वस्तु निर्यातकर्ता तथा आयातकर्ता व्यवसायीहरु समेत आक्रान्त भईरहेको प्रति यस परिषदको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
यस्तो अवस्थामा पनि नेपाली निर्यात व्यवसायमा क्षेत्रमा संलग्न उद्यमी, व्यवसायीहरुले थोरै थोरै परिमाणमा भएपनि चार्टर्ड विमानबाट नेपाली वस्तुहरु निकासी गर्दै गरेको अवस्थामा राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याइरहेको परिषद्ले जनाएको छ ।
कोभिड –१९ बाट समग्र निकासी कार्यमा संलग्न सम्पूर्ण उद्यमी, व्यवसायीहरुको निकासी व्यापार शिथिल र मर्माहत रहेको विद्यमान अवस्थालाई मध्यनजर राखी हवाई कार्गो भाडा दरलाई पूर्ववत लागतमा तल्काल सुचारु गरी सरलिकृत गर्ने व्यवस्था मिलाउन परिषद्ले माग गरेको हो।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया