छिमेक लघुवित्तको एक लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

0
Shares

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले एक लाख २० हजार कित्ता संस्थापक शेयरहरू बिक्रीमा ल्याएको छ ।

लघुवित्तका केही संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले हाल विद्यमान संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयरधनीहरुबाट ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रीय कार्यालय, मध्यबानेश्वर, काठमाडौँमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको छ ।

संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिद गर्न निवेदन नपरेको खण्डमा भने अन्य सर्वसाधारण व्यक्तिलाई बिक्री गर्ने प्रकृया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ कात्तिक २०७७, बुधबार  १३ : १९ बजे