बेष्ट फाइनान्स (BFC) को कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा शैलेन्द्र बादे श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्स कम्पनीको सञ्चालक समितिको कार्तिक १७ गते सम्पन्न ५०७ औं बैठकले श्रेष्ठलाई कामु सीईओ नियुक्त गरेको हो ।
यसैगरी कम्पनी सञ्चालक समितिको सोही बैठकले राज सुन्दर श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ ।
यस्तै कार्तिक १७ गते सम्पन्न ५०७ औं बैठकले रिक्त रहेको महिला सञ्चालक पदमा संस्थापक समूहतर्फबाट सुशिला खनाललाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया