इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड (ILBS) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफा ३५.३८ प्रतिशतले बढेर २ करोड १८ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १ करोड ६१ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ५६ लाख ९८ हजार रुपैयाँले बढेको हो । १ करोड ४२ लाख ८९ हजार रुपैयाँ खराब कर्जा उठाउँदा खुद नाफामा वृद्धि भएको हो ।
चुक्ता पूँजी २२ करोड ८१ लाख ४० हजार रुपैयाँ रहेको इन्फिनिटीको वार्षिक प्रतिशेयर आम्दानी ७.१७ रुपैयाँ बढेर ३८.२३ रुपैयाँ पुगेको छ । यस्तै जगेडा कोषको आकार ४१.६५ प्रतिशतले बढेर १२ करोड २४ लाख रुपैयाँ कायम हुँदा प्रतिशेयर नेटवर्थ १५३.६८ रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्ममा लघुवित्तले ७२ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब १६ करोड ६ लाख रुपैयाँ बैंक वित्तीय संस्थाबाट सापटी लिएर २ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ३ करोड ३० लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन २९.६९ प्रतिशत, सापटी १६८ प्रतिशत र कर्जा लगानी ६९.२८ प्रतिशतले बढेपनि कोभिड असरका कारण ब्यवसाय विस्तारको अनुपातमा ब्याज आम्दानी बढ्न नसक्दा खुद ब्याज आम्दानी १५.७९ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा २ करोड ३ लाख रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.३७ प्रतिशत, कोषको लागत ६.४५ प्रतिशत र मूल्य आम्दानी अनुपात २०.७० गुणा छ ।
Particulars | Infinity Laghubitta ( Rs in ‘000) | ||
Q1, 2077/2078 | Q1, 2076/2077 | Change | |
Paid-up Capital | 228,140.00 | 207,400.00 | 10.00% |
Reserves | 122,466.00 | 86,457.00 | 41.65% |
Profit/(Loss) for the Year | 21,803.00 | 16,105.00 | 35.38% |
EPS (Rs.) | 38.23 | 31.06 | 23.08% |
Net worth per share (Rs.) | 153.68 | 141.69 | 8.46% |
Borrowings | 2,160,602.00 | 806,173.00 | 168.01% |
Deposit from Customers | 724,521.00 | 558,656.00 | 29.69% |
Loans & Advances to Customers | 2,724,320.00 | 1,609,364.00 | 69.28% |
Net Interest Income | 33,044.00 | 39,239.00 | -15.79% |
Provision for possible losses | 2,246.00 | 4,684.00 | -52.05% |
Operating Profit | 20,320.00 | 25,564.00 | -20.51% |
Non-Performing Loan (NPL) | 1.37% | 1.13% | 21.24% |
Cost of Fund (%) | 6.45% | 9.27% | -30.42% |
Qtr End PE Ratio | 20.70 | 15.21 | 36.09% |
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया