सरकारले पौने १४ अर्बको ट्रेजरी बिल्स नवीकरण गर्दै

0
Shares

सरकारले १३ अर्ब ८५ करोड रुपैयाँ बराबरको सरकारी ऋणपत्र नवीकरण गर्ने भएको छ । सरकारले तत्कालका लागि पुरानो ऋणको साँवा भुक्तान गर्न नसक्ने भएपछि नवीकरण गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले निष्काशन गरिदिने सो ऋणपत्र नवीकरणका लागि बोलकबोलमा सहभागी हुनुपर्नेछ ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले खर्च गर्नु परेकाले थप पूँजी आवश्यक भएकाले पुरानो ऋणपत्रको सावाँ भुक्तानी नगरी नवीकरण गर्न लागेको हो ।

सरकारलाई पूँजी आवश्यक भएपछि केन्द्रीय बैंकले छोटो तथा लामो अवधिको सरकारी ऋणपत्र जारी गरिदिन्छ ।

सरकारी ढुकुटीमा राजश्व कम उठ्ने तथा कोरोना भाइरसको असरका कारण आर्थिक गतिविधि ठप्प भएपछि सरकारले स्वस्थ्य संकटसँग लड्न तथा अर्थतन्त्रलाई चलायमान बनाइराख्न राहतको कार्यक्रम समेत ल्याउनु परेको अवस्था छ । त्यसैले पनि पछिल्लो समयमा सरकारले अन्तरिक ऋण उठाउन जोडबल गरिरहेको छ ।

केन्द्रीय बैंकले बिहीबार ९१ दिने र १८२ दिने गरी २ प्रकृतिका ऋणपत्रको नवीकरण गर्न लागेको हो । पहिलो सरकारी ऋणपत्र ९१ दिनमा परिपक्क हुन्छ भने दोस्रो १८२ दिनमा परिपक्क हुने केन्द्रीय बैंकले जनाएको छ । २ अर्ब रुपैयाँ बराबरको ९१ दिनको र ११ अर्ब ८५ करोड रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल्स नवीकरण गर्ने भएको हो ।

सो ऋणपत्रको व्याजदर भने बोलकबोल मार्फत निर्धारण हुने कन्द्रीय बैंकले जनाएको छ । यसभन्दा अघि कात्तिक २४ गते केन्द्रीय बैंक निष्काशन गरेको ९१ दिने टे«जरी बिल्सको औसत व्याजदर ०.६१२९ र १८२ दिनेको १.४२८३ प्रतिशत रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कात्तिक २०७७, मंगलबार  १६ : ३४ बजे