चिलिमे हाइड्रोपावर कम्पनी (CHCL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा२२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले गत आवको यसै अवधिमा २१ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चुक्ता पूँजी ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १५.६४ रुपैयाँ छ । गत आवको यसै अवधिको तुलनामा २.७५ रुपैयाँले इपिएस घटेको हो । यस्तै जगेडा कोषमा ४ अर्ब ५२ करोड रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७९.२५ रुपैयाँ छ ।
असोज मसान्तसम्म कम्पनीले बिजुली बेचेर ३६ करोड ३९ लाख रुपैयाँ कमाएको छ । गत आवको यसै अवधिमा बिजुली बेचर ३५ करोड १० लाख रुपैयाँ आम्दानी गरेकोमा ३.६८ ले आम्दानी बढेपछि कम्पनीको नाफा बढ्न पुगेको हो ।
नेपाल विद्युत प्राधिकरणले आवश्यकता अनुसार अधिक विद्युत उर्जा खरिद गर्ने र गत वर्षको तुलनामा अधिक विद्युत खरिद भएकोले विद्युत बिक्रीबाट हुने आम्दानी बढेको कम्पनीले जनाएको छ।
Particulars | Chilime Hydropower ( Rs in ‘000) | ||
Q1, 2077/2078 | Q1, 2076/2077 | Change | |
Paid-Up Capital | 5,709,763.00 | 4,758,136.00 | 20.00% |
Net Profit/(Loss) | 223,279.00 | 217,030.00 | 2.88% |
EPS (Rs.) | 15.64 | 18.24 | -14.27% |
Reserves and Surplus | 4,524,765.00 | 4,759,917.00 | -4.94% |
Net Worth per share (Rs.) | 179.25 | 200.04 | -10.39% |
Income from Sale of Electricity | 363,947.00 | 351,001.00 | 3.69% |
Operating Profit/(Loss) | 249,419.00 | 256,094.00 | -2.61% |
Qtr End P/E Ratio (Times) | 32.35 | 23.18 | 39.56% |
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया