अरुण काबेलीको नाफा ११ करोड ३५ लाख रुपैयाँ

0
Shares

अरुण काबेली पावर लिमिटेड (AKPL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी ४ लाख ३९ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा विद्युत बिक्रीबाट कुनै आम्दानी नभएको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ५२ लाख रुपैयाँ कमाएको छ । सो अवधिमा कम्पनीले अन्य श्रोतबाट १ लाख ८० हजार रुपैयाँ कमाएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफामा उल्लेख्य सुधार आएपछि प्रतिशेयर आम्दानी पनि बढेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३०.२८ रुपैयाँ कायम भएको छ । त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ ११३.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३२.३७ गुणा कायम भएको छ ।

चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको सञ्चित कोषमा २० करोड ६० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको सञ्चित कोष १ करोड ५९ लाख रुपैयाँ नोक्सानीमा थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ कात्तिक २०७७, बिहीबार  १४ : ५६ बजे