वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (WOMI) को शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड चयन भएको छ ।
लघुवित्तको कार्तिक २८ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिला खारेजी, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई नियुक्ती गरेको हो ।
यससँगै लघुवित्त कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू कुमारी क्यापिटल लिमिटेड मार्फत हुनेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया