युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओमा १.४० गुणा धेरै माग

0
Shares

युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओमा पहिलो दिन साँझ ५ बजेसम्ममा नै ११ करोड ३८ लाख २६ हजार रुपैयाँ बराबरको आईपीओ माग गर्दै आवेदन परेको छ ।

कम्पनीले सर्वसाधारणबाट ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि बुधबारदेखि आवेदन माग गरेकोमा १.४० गुणा धेरै अर्थात ११ लाख ३८ हजार २६० कित्ता शेयरका लागि ५३ हजार आवेदकबाट सो संख्यामा शेयरको माग परेको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको हो ।

कम्पनीले कूल ८ लाख ७३ हजार ९१० कित्ता शेयर निष्काशन गरेकोमा ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ ।

कम्पनीले निष्काशन गरेको आईपीओमा सर्वसाधारणले मंसिर ७ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था छ । तर अत्याधिक आवेदन पर्ने हुँदा गोलाप्रथाबाट शेयर बाँडफाँड गर्नुपर्ने अवस्थाले १० कित्ता शेयरका लागि नै आवेदन गर्दा नै उपयुक्त हुन्छ ।

क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’  रेटिङ्ग प्राप्त गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ मंसिर २०७७, बुधबार  १९ : ५७ बजे