फर्स्ट माइक्रोफाइनान्स लघुवित्त (FMDBL) को १३.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्त कम्पनीको भदौ १० गते बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ९.५० प्रतिशत बोनस शेयर र ४.१८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ५ गते शेयरधनी दर्ता किताब बन्द गर्ने मिति तोकेको छ ।
यसअनुसार आगामी मंसिर ४ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम रहने शेयरधनीहरुले मात्रै लाभांश पाउनुका साथै साधारण सभामा सहभागिता प्रतिनिधित्व जनाउन सक्नेछन् ।
कम्पनीले मंसिर १८ गते ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले अम्रपाली ब्याक्वेटमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।
उक्त सभाले ९.५० प्रतिशत बोनस शेयर र ४.१८ प्रतिशत नगद लाभांश गरी १३.६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ भने फर्स्ट माइक्रोफाइनान्स र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।
लघुवित्तको चुक्ता पूँजी ८० करोड ७ लाख ४० हजार रुपैयाँ छ । जस अनुसार लघुवित्तले ७ करोड ६० लाख ७० हजार बराबरको बोनस र ३ करोड ३५ लाख ४ हजार बराबरको नगदगरी कुल १० करोड ९५ लाख ७५ हजार बराबको लाभांश वितरण गर्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात लघुवित्त कम्पनीको अगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ।
बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ८७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ। लघुवित्त कम्पनीले अघिल्लो आर्थिक वर्षमा १७ प्रतिशत बोनस वितरण गरेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया