नेपाल उद्योग वाणिज्य महासंघको मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुने निर्वाचन रोक्न गर्न माग गर्दै जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा निवेदन पेश गरिएको छ ।
उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेशका अध्यक्ष शिवशंकर साहले संस्थाको विधान र सर्वमान्य सिद्धान्त विपरीत निर्वाचन गर्न लागिएको भन्दै निर्वाचन रोक्न माग गर्दै बिहीबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन पेश गरेका हुन् ।
निवेदनमा गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सचिवलालयलाई समेत बोधार्थ दिइएको छ ।
२०७६ चैत २८ र २९ गते हुनुपर्ने महासंघको ५४ औं साधारण सभा र निर्वाचन हुनुपर्नेमा सो मितिमा हुन नसक्दा कार्यकारिणीबमे पदावधि समाप्त भई महासंघको कार्यसमिति अबैधानिक भएकोले तदर्थ समिति वा अस्थाई समिति बनाई निर्वाचन गराउनुपर्नेमा सो नगरिएकाले पदाधिकारी समाप्त भैसकेकाले गर्ने निर्णय नै अवैध रहेको शाहले दाबी गरेका छन् ।
यस्तै महासंघको विधानको दफा ४१ को उपदफा १ को ‘ग’ मा प्रदेशको चुनाव गरेर मात्रै केन्द्रियमहासंघको चुनाव गर्नुपर्ने व्यवस्था रहेकोमा प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन नै नगरी केन्द्रिय निर्वाचन गर्न लागिएकाले यो विद्यान त नै अवैद्य रहेको उनको जिकीर छ ।
त्यसैगरी, एसोसियटतर्फका मतदाता नामावलीमा रहेका दर्ता खारेज भैसकेका वा अस्तित्वमा नै नरहेका सदस्यहरुको नामावलीको रहेको तथा एसोसिएटतर्फका सदस्य संस्थाहरुको कम्पनी, निर्देशक र प्रमुख कार्यकारी अधिकृतले मात्र मतदान गर्नुपर्ने विदानत व्यवस्था रहेकोमा ती सदस्य मतदाताहरुको फर्जी मतदाताकारुपमा प्रोक्सी मतदान गर्ने व्यवस्था गर्न खोजीएकाले निर्वाचन रोक्न माग गरिएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया