एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले पुस ४ गते शनिबार कम्पनीको ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर ४ गते बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले होटेल पुजन बीरगञ्जमा बिहान १० बजे सभा बोलाएको हो ।
आर्थिक वर्ष २०७४।७५ बाट कुनैपनि लाभांश वितरण गर्ने प्रस्ताव नगरेपछि कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताको हात भने खाली हुने भएको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन, आव २०७४।७५ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १९ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तोकेको छ । यसअनुसार मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहन आउने शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया