एनआईसी एशिया लघुवित्त वित्तीय संस्था सम्मानित

0
Shares

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि. उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ ।

जाजरकोटमा यहि मंसिर ७ मा आयोजित एक कार्यक्रमका बिच एनआईसी एशिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत डा.राम प्रसाद मैनालीले सम्मानीत गरेका हुन।

जाजरकोट जस्तो विकट जिल्लामा केन्द्रिय कार्यालय रहेर पनि देशभर व्यवसायिक सेवा सुविधा प्रदान गरिरहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सर्वोत्कृष्ट आयकर सहभागिता जनाई उत्कृष्ट भएको हो।

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा केन्द्रिय कार्यालय स्थापना गरी देशैभरि शाखा संचालन विस्तार गरि छोटो अवधिमा नै सरकार प्रतिको दायित्वमा आयकर मार्फत उत्कृष्ट योगदान गर्न सफल भएकोमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड गौरवान्भित भएको छ । संस्थाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

संस्थाले हालसम्म संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करीव रु ११ लाख र आयकर अन्तर्गत करीव ८ करोड ४६ लाख गरि राजस्वमा जम्मा ८ करोड ५७ लाख योगदान गरेको छ । संस्थाले हाल १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।